• समाचार

    नेपाल बैंक लिमिटेडले क्रेडिट कार्ड सेवा सुभारम्भ

      ओमकार टाइम्स


    नेपाल बैंक लिमिटेडले क्रेडिट कार्ड सेवा सुभारम्भ गरेको छ । बैंकले निश्चित आयश्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिक जीवनमा आइपर्ने विभिन्न आवश्यकता पुरा गर्न सहयोग पुर्याउने उद्देश्यले बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको जानकारी दिएको छ ।

    यस सुविधा अन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा २० हजार रुपैयाँदेखि अधिकतम सीमा पाँच लाख रुपैयाँसम्म कायम गरिएको छ ।

    भिसा इन्टरनेसनलसँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोगबाट पस टर्मिनल, एटिएम टर्मिनल तथा अनलाईन प्रणाली मार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिनेछ ।

     

    स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म यस बैंक तथा भिसा इन्टरनेशनलमा आवद्ध बैंंकहरुको एटिएम टर्मिनलबाट नगद भुक्तानी समेत लिन सकिनेछ ।

    यो कार्डको प्रयोग नेपाल लगायत भारत र भुटान समेतमा प्रयोग गर्न सकिने भएबाट यसको उपयोगले लक्षित वर्गको भुक्तानी प्रणालीमा सहजता सहजता आउने बिश्वास बैंकले गरेको छ ।

    भर्चुअल विधिबाट गरिएको कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले यस बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरे ।

     

    शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्षले क्रेडिट कार्ड सेवाको प्रारम्भले डिजिटल प्रविधिमार्फत बैंकको ग्राहक सेवामा नेपाल बैंक थप एक कदम अगाडी आउन सफल भएकोमा खुशी व्यक्त गर्दै यो सेवा प्रारम्भका लागि बैंक व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद तथा बधाई दिए ।

     

    शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दे बैंक सञ्चालक समितिका सदस्य विवेक शम्शेर ज.ब.रा.ले नयाँ बिशेषता सहितको क्रेडिट कार्ड सेवाप्रारम्भ गरेकोमा सम्पूर्ण बैंक परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

    बैंकको क्रेडिट कार्ड ग्रहण गर्नुहुँदै निर्मल प्रधानले बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक बन्ने अवसर प्राप्त भएकोमा प्रशन्नता व्यक्त गर्दै बैंक व्यवस्थापनलाई धन्यवाद दिनुका साथै क्रेडिट कार्ड सेवाको सफलताको शुभकामना समेत व्यक्त गरे ।

     

    बैंक सञ्चालक समितिका सदस्यहरु, सहायक प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख, डिभिजन प्रमुख, प्रादेशिक कार्यालयका प्रमुख तथा शाखा प्रबन्धकहरुको समेतको भर्चुअल माध्यमबाट सहभागिता रहेको उक्त कार्यक्रमलाई प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले समेत सम्बोधन गर्नुहुँदै क्रेडिट कार्ड सेवाको विस्तारमा लाग्ने प्रतिवद्धता ब्यक्त गरे ।

    कार्यक्रममा सहभागीहरुलाई बैंकका का।मु। नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस