• राजनीति

    बाढी–पहिरोमा ज्यान गुमाएकाका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने

      ओमकार टाइम्स


    काठमाडौं : बाढी पहिरोमा परेर मृत्यु हुनेको परिवारलाई नेपाली कांग्रेसले आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले विज्ञप्तिमार्फत बाढी पहिरोमा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट २५ हजार रुपैयाँ सहयोग गर्ने जानकारी दिएको हो ।

     

    विसं २०७८ को सुरुदेखि बाढी र पहिरोका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई थोरै भए पनि मानवीय सहयोगको हिसाबले उक्त रकम सहयोग गर्न लागेको समन्वय समितिका संयोजक एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए ।

    राहत रकम प्राप्त गर्न सम्बन्धित निकायबाट मृतकको सनाखत हुनुपर्ने समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस