• सम–सामयिक

    आज भारी वर्षाको सम्भावना, उच्च सावधानी अपनाउन आग्रह

      ओमकार टाइम्स

    काठमाडौँ : आज देशभर सामान्य देखि पूर्ण बदली रहने भएको छ । जसकारण प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।

     

    महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

     

    प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    उक्त प्रदेशहरुको पहाडी भू भागमा भु क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस