• समाचार

    सिरहामा ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु

      रासस


    काठमाडौं । सिरहा नगरपालिका-१३ स्थित सडकमा आफैं अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

     

    मृत्यु हुनेमा ट्र्याक्टर चालक सोही नगरपालिका-१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ ।

     

    स१त ३९७२ नंको ट्र्याक्टर गए राति आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    रासस

    प्रतिकृया दिनुहोस