काठमाडौं । प्रहरीले ४ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा एक जना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक छविलाल कुमार राई रहेका छन् ।
राईले सिसेल्स र माल्टामा रोजगारी दिने भन्दै ४ करोड बढी ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले जानकारी दिए ।
सिसेल्सको जेल गार्डमा लगाउने भन्दै उनले सयौं युवाबाट लाखौं रुपैयाँ लिएका थिए । पैसा लिएर पनि विदेश नपठाएपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए ।
प्रतिकृया दिनुहोस