काठमाडौ । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ललितपुरको च्यासलमा रहेको हिमालयन ईन्जिनियरिङ कलेजमा ने. वि संघ इकाई समिती गठन गरेको छ। अनुप भुसाल सभापति रहने गरि ५१ सदस्यीय नयाँ समिती शुक्रबार गठन भएको हो।
जसको उपसभापतिमा निरोज श्रेष्ठ, बिष्णु न्यौपाने, भीष्म भण्डारी, रुपक कार्की, आयुष श्रेष्ठ, बिशान जि.सी, बिवश ज्ञवाली र सुशील पन्त रहेका छन।
त्यस्तै सचिबमा बुनु श्रेष्ठ, निपेश पन्त रहेका छ्न भने कोषाध्यक्षमा प्रीति मण्डल र प्रजिना श्रेष्ठ रहेका छ्न।
नेविसंघका नेता महेन्द्र भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। स्मरण रहोस उक्त कलेजमा तीन बर्ष यता नेविसंघ नेतृत्व बिहिन रहेको थियो।
प्रतिकृया दिनुहोस