• समाचार

    काठमाडौं उपत्यकामा निषेधाज्ञा पुनः एक साता थप्ने तयारी

      ओमकार टाइम्स

    कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै पुनः एक हप्ता थप्ने तयारी गरिएको छ ।

    निषेधाज्ञाबारे निर्णय लिन आइतबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । बैठक दिउँसो तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उनकाअनुसार केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ ।

    सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएर संचालन गर्न दिने विषयमा छलफल भए पनि निर्णय भैनसकेको उनको भनाइ छ । अहिले चल्न दिइएका २५ भन्दा बढी  सिट भएका सार्वजनिक यातायातको जोरबिजोर प्रणाली संचालन गर्न दिने सम्भावना रहेको उनले बताए । पछिल्लो पटक सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो ।

    पसलहरु पनि खोल्न दिइएको छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो ।

    प्रतिकृया दिनुहोस