• राजनीति

    ओली पक्षीय नेताहरु माधव नेपाललाई फकाउन कोटेश्वरमा पुगे

      ओमकार टाइम्स


    नेकपा एमालेको एकता कायम गर्नका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै पक्षका नेताहरु माधव नेपाललाई मनाउन उनकै निवास कोटेश्वर पुगेका छन्।

    केही दिनयता लगातार छलफल गरेर सहमतिको मस्यौदा समेत बनाइसकेका नेताहरुले संयुक्तरुपमा नेपाललाई वार्तामा भएका विषयको ब्रिफिङ गरेका छन्। ओली पक्षबाट वार्तामा रहेका उपमहासचिव बिष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङ पनि नेपाललाई मनाउन कोटेश्वर गएका छन्।

    एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने समय दिएको छ। त्यस बेलासम्म हस्ताक्षर फिर्ता नभए एकताको औचित्य सकिने अध्यक्ष ओलीले बताइसकेका छन्।

    प्रतिकृया दिनुहोस