• अर्थ

    सुनको भाउ २०० रुपैयाँले बढ्यो

      ओमकार टाइम्स

    आइतबार नेपाली बजारमा सुनको मूल्य थप २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ५०० रुपैयाँ कायम भएको हो ।

    गत शुक्रबार प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै सुन बजारमा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ ।

    त्यस्तै, यता चाँदीको मूल्य समेत गत शुक्रबारको तुलनामा प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस