• देश

    काङ्ग्रेस महाधिवेशन लाग्यो, शिर्ष नेतालाई चटारो

      पत्रपत्रिकाबाट


     

     

    काठमाडौं – कांग्रेस विधानमा महाधिवेशनले चार वर्षका लागि कार्यसमिति निर्वाचित गर्ने प्रावधान छ । यस आधारमा १४ औँ महाधिवेशन आउन अझै एक वर्ष बाँकी छ । विधानमा विशेष कारण देखाएर एक वर्ष थप गर्न पाउने व्यवस्थासमेत गरिएको छ । तर, पार्टीका शीर्ष नेताहरू महाधिवेशन आएझैँ देश दौडाहाको प्रतिस्पर्धामा लागेका छन् ।

     

    पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंहसहितका नेताहरू पछिल्लो तीन सातायता विभिन्न जिल्ला पुगिसकेका छन् । केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न निर्वाचित हुन नपर्ने गरी विधानलाई अन्तिम रूप दिएपछि शीर्ष नेताहरूले जिल्ला भ्रमणलाई प्राथमिकतामा राखेको देखिन्छ ।

     

    नेताहरूले जिल्लामा सामान्य कार्यक्रम राखेर जाने गरेका छन् । वर्तमान कार्यसमितिले अहिलेसम्म पार्टीका विभिन्न विभागसमेत गठन गर्न सकेको छैन । प्रमुख भ्रातृसंगठन नेविसंघ, नेपाल तरुण दल पनि लथालिंग अवस्थामै रहेका वेला पार्टीका शीर्ष नेताहरू भने आगामी महाधिवेशनबाट नेतृत्व हात पार्ने अभियानमा जुट्नुलाई कार्यकर्ता असमञ्जसमा परेका छन् ।

     

    देउवा र पौडेल संगसंगै

    कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले २४ देखि २७ फागुनसम्म कास्की, म्याग्दी, पर्वतको कार्यक्रममा संयुक्त सहभागिता जनाए । त्यसपछि उनीहरू पूर्वी नेपाल र पश्चिम नेपालका १० वटाभन्दा बढी कार्यक्रममा तालिका बनाएर निस्किएका छन् । म्याग्दी र पर्वतमा सभापतिको कार्यक्रम तालिका आएपछि पौडेलले पनि आफ्नो लामो भ्रमणसूची सार्वजनिक गरेका थिए । यो समाचार नयाँ पत्रिकामा रमेश सापकोटाले लेखेका छन् ।

     

    प्रतिकृया दिनुहोस