• खेलकुद

    युरो कप – इंग्ल्याण्डको सानदार जित

      एजेन्सी

    एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल २०२० अन्तर्गत आइतबार बिहान सम्पन्न भएको अन्तिम खेलमा युक्रेनमाथि ४–० गोलको शानदार जित निकाल्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । इटालीमा भएको खेलमा इंग्ल्याण्डलाई जिताउन कप्तान ह्यारी केनले दुई गोल गर्दा ह्यारी मग्वाएर र जोर्डन हेन्डरसनले समान १/१ गोल गरे । जारी खेलको चौथो मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा १-० गोलको अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो । त्यस्तै दोस्रो हाफको खेलको ४६औं मिनेटमा मग्वाएरले गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर बनाए ।

    खेलको ५०औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई ३–० गोलको अग्रता दिलाए भने ६३औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्याण्डलाई ४–० को शानदार जित दिलाए । उक्त जितसँगै इंग्ल्याण्ड २५ वर्षपछि युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । May be an image of 1 person and text that says 'RESPECT'

    यसअघि ऊ सन् १९९६ मा सेमिफाइनल पुगेको थियो । अब इंग्ल्याण्डले फाइनल प्रवेशिकाे लागि डेनमार्कसँग खेल्नेछ । गए राति भएको अर्को खेलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा प्रवेश गरेको छ ।

    प्रतिकृया दिनुहोस