• समाचार

    पृथ्वी राजमार्ग भासियोः सवारी एकतर्फी सञ्चालन

      रासस

    पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ ।

    लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र  सञ्चालनमा आएको छ ।

    केही महिनाअघि मात्रै कालोपत्र थपिएको सो सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो ।

    काठमाडौँ  भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम भएको छ ।

     

    प्रतिकृया दिनुहोस