• खेलकुद

    ३२ खेलयता अपराजित छ इटली

      एजेन्सी

    चार पटकको विश्व विजेता इटलीले युरोकप फुटबलको उपाधि भने एकपटक मात्रै जितेको छ– सन् १९६८ मा । यतिबेला यो प्रतियोगिता इटलीमै आयोजना भएको थियो । यसपटकको संस्करणमा विभिन्न ११ शहरमा युरो कपका खेलहरु खेलाइएको छ । त्यसमध्ये इटलीको रोम एक हो ।

    इटलीले आफ्ना सबै समूह चरणका खेलहरु यही नै खेल्यो । र, क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले हराउँदै इटलीले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रा ३२ खेलसम्म पुर्याएर नयाँ इतिहास रचेको छ । सेप्टेम्बर २०१८ यता इटली अपराजित छ । सर्वाधिक लामो अपराजित यात्राको दौडमा यसअघि इटली र अर्जेन्टिना समान ३१–३१ खेलसहित तेस्रोमा थिए ।

    अर्जेन्टीनाले ९० को दशकमा राखेको यो कीर्तिमानलाई इटलीले बेल्जियमविरुद्धको जीतपछि भर्खरै उछिन्यो । सर्वाधिक लामो अन्तर्राष्ट्रिय अपराजित यात्राको रेकर्ड भने ब्राजिल र स्पेनका टोलीको नाममा छ । १९९३ देखि ९६ सम्म ब्राजिल र २००७ देखि २००९ सम्म स्पेन पनि ३५ खेलमा अपराजित रहेको रेकर्ड छ ।

    लामो समय अपराजित रहने टोलीको सूची यस्तो छ : 

    ब्राजिल (१९९३–९६ सम्म) : ३५ खेलसम्म अपराजित
    स्पेन (२००७–०९) : ३५ खेलमा अपराजित
    इटली (२०१८–अहिलेस्म्म) : ३२ खेलमा अपराजित
    अर्जेन्टिना (१९९१–९३) : ३१ खेलमा अपराजित
    इटली (१९३५–१९३९) : ३० खेलमा अपराजित
    फ्रान्स (१९९४–१९९६) : ३० खेलमा अपराजित
    अल्जेरीया (२०१८– अहिलेसम्म) : २७ खेलमा अपराजित

    प्रतिकृया दिनुहोस