• समाचार

    परीक्षण घट्यो, २४ घण्टामा १ हजार ६०३ जनामा संक्रमण पुष्टि

      ओमकार टाइम्स

    पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ ।

    मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ ।

    मन्त्रालयका अनुसार दुबै विधिबाट  ८ हजार १३२ जनाको परीक्षण हुँदा आरटीपीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ४२  र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५६१ कोरोनभाइरस संक्रमण पुष्टि भएको छ ।

    दुबै विधिबाट भएको परीक्षणमध्ये १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै काठमाडौं उपत्यकामा ४६१ जनामा संक्रमण पुष्टि भएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना कोरोनामुक्त भएका छन् भने सोही अवधिमा २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस