• अर्थ

    सोमबार सुनचाँदीको मूल्य स्थिर

      ओमकार टाइम्स

    सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य गत आइतबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९१ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३२५ नै कायम भएको हो ।

    गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र चाँदी एक हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत आइतबारकै कायम हुँदै प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस