• देश

    चीनबाट ४० लाख डोज खोप ल्याइदै

      ओमकार टाइम्स

    सरकारले चीनबाट ४० लाख डोज भेरोसेल खोप ल्याउने भएको छ । खोप ल्याउनका लागि साउन २४ गते नेपाल एअरलाइन्सको वाइडबडी ३३० जहाज चीनको वेइजिङ उड्ने भएको छ ।

    ४० लाख डोज खोप ल्याइने तयारीका साथ नेपाल एअरलाइन्सले उडान तालिका समेत सार्वजनिक गरेको छ । जहाजले पहिलो पटक असार २४ गते वेइजिङ उड्ने र २५ गते १० लाख डोज खोप ल्याएर फर्किने छ भने त्यस पछि असार ३१ गते र साउन ७ गते पुन खोप ल्याउन जहाज चीन उड्ने तालिका सार्वजनिक गरेको छ ।

    वाइडबडी जहाजले एक पटकमा १० लाख डोज भेरोसेल खोप ल्याउन सक्छ । चीनबाट ल्याइने ४० लाख डोजका लागि थप तालिका सार्वजनिक गर्ने एअरलाइन्सले जनाएको छ ।

    प्रतिकृया दिनुहोस