• राजनीति

    ‘एमाले नभई सरकार बन्ने देखिंदैन नि !’

      ओमकार टाइम्स

    काठमाडौँ : संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र वरिष्ठ अधिवक्ता हरिहर दाहालबीच रोचक सवाल जवाफ भएको छ । रिट निवेदकको तर्फबाट जवाफी बहसका लागि आएका दाहालले बेञ्चले उठाएका पाँच प्रश्नको जवाफ दिएका थिए । उनले संविधानको धारा ७६(५) अनुसार दाबी परेपछि प्रधानमन्त्री नियुक्त नगर्नु राष्ट्रपतिको असंवैधानिक कदम भएको दाबी गरेका छन् ।

    ७६(५) को प्रधानमन्त्री नियुक्तिको लागि शेरबहादुर देउवा १४९ सांसदको हस्ताक्षर र केपी ओली तीन जनाको हस्ताक्षर लिएर गएको भन्दै उनले भने, ‘राष्ट्रपतिले भनेको दोहोरो हस्ताक्षर कहाँ प¥यो ? केपी ओलीले हस्ताक्षर नै तीन जनाको बुझाएको हो, अरुको हस्ताक्षर नै बुझाएका छैनन् कसरी दोहोरो प¥यो ?’

    आफूलाई १५३ सांसदको समर्थन रहेको ओलीको दाबी अमूर्त भएकाले त्यसलाई आधार मान्न नसकिने वरिष्ठ अधिवक्ता दाहालको तर्क छ । ७६(५) मा सांसदहरुले स्वतन्त्र रुपमा हस्ताक्षर बुझाउनुपर्ने भन्दै उनले भने, ‘उहाँहरु (सरकारी पक्ष) ले भने जस्तो दलको समर्थन चाहिने हो भने ७६(२) छदै थियो ७६(५) किन राखियो ? ’

    वरिष्ठ अधिवक्ता दाहाललाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दुई प्रश्न गरे । पहिलो, संविधानको धारा ७६(५) को व्यवस्था प्रधानमन्त्री नियुक्तका लागि मात्र हो कि अरु पनि छ ? बाँकी अवधि पूरा हुनका लागि हो कि सार्थकता दिन्छ जस्तो लाग्छ ?

    वरिष्ठ अधिवक्ता दाहालले यही लाग्छ ( प्रधानमन्त्री नियुक्तिका लागि मात्र हो) भनेर आफूहरु अदालत आएको बताए । उनलाई प्रधानन्यायाधीश जबराले अर्को प्रश्न गरे, ‘पहिलो विघटनमा विकल्पमा सरकार बन्ने देखेर वदर गरेको हो । अहिले त एमाले नभई सरकार बन्ने देखिंदैन नि !’

    दाहालले अहिले कांग्रेसको मात्र नभई माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतका दलहरु पनि रहेको उनले बताए । उनले अघि भने, ‘अदालतले सोच्ने भनेको संविधान बचाउने, संविधान हेर्ने हो ।’

    प्रतिकृया दिनुहोस