• समाचार

    मदिरा सेवनपछि भएको कुटपिटमा एक युवकको मृत्यु

      ओमकार टाइम्स


    कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीमा मदिरा सेवनपछि भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ । कुटपिटपछि उपचारको लागि अस्पताल ल्याउने क्रममा ३२ वर्षीय गणेश बोहराको सोमबार मृत्यु भएको हो ।

    स्थानीय बासिन्दाका अनुसार बोहरा र प्रकाश पालबीच आइतबार राति मदिरा सेवनपछि भएको विवादमा कुटपिट भएको थियो । मदिरा सेवनपछि एकआपसमा कुटपिट भएको भीमदत्त–९ का वडाध्यक्ष राम नाथले बताए ।  मृतकका परिवारले बोहराको हत्या भएको भन्दै अनुसन्धानको माग राखेका छन् ।

    मृत्युपछि आरोपित पालसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । बोहराको शव महाकाली अस्पतालमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस