• खेलकुद

    ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश

      ओमकार टाइम्स

    काठमाडौं । साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । रियो दि जेनेरियोको राष्ट्रिय रंगशालामा भएको उक्त खेलमा ब्राजिलले पेरुलाई १–० ले पराजित गरेको हो ।

    समूह चरणमा ४–० को रवाफिलो जित निकालेको ब्राजिलले सेमिफाइनलमा भने निकै कठिन चुनौतिको सामना गर्न परेको थियो ।  खेलको ३५औँ मिनेटमा नेइमारको पासमा लुकास पाकेस्टाले गरेको गोल नै ब्राजिलको जितमा निर्णायक रह्यो ।

    प्रतियोगितामा अपराजित रहेको ब्राजिलको प्रदर्शन दोस्रो हाफमा केहि खस्किए पनि पेरुले फाइदा उठाउन सकेन ।

    ब्राजिलको ऐतिहासिक मराकाना रंगशालामा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग खेल्ने छ । दोस्रो सेमिफाइनल भोलि बिहान हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस