• विदेश

    भारतमा २४ घण्टामा लगभग ३४ हजार नयाँ संक्रमित, १११ दिनमा सबैभन्दा कम

      एजेन्सी


    भारतमा पछिल्लो एक दिनमा ३४, ७०३ कोरोना संक्रमित भेटिएका छन् । यो पछिल्लो १११ दिनमा संक्रमितको संख्या सबैभन्दा कम हो ।

    पछिल्लो २४ घण्टामा करिब ५२ हजार संक्रमित निको भएका छन् ।

    देशभरी हाल कूल सक्रिय संक्रमितको संख्या ४,६४,३५७ रहेको छ ।

    भारतमा निको हुनेको दर पनि बढेर ९७.१७ पुगेको छ ।

    भारतमा हालसम्म कूल ३५.७५ करोड भ्याक्सिनको डोज मानिसहरुलाई प्रदान गरिसकिएको छ ।

     

    प्रतिकृया दिनुहोस