• समाचार

    सङ्खुवासभाको भोटखोला जाने सडक तीनदेखि अवरुद्ध

      रासस

    सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिराका कारण उत्तर दक्षिण सडक खण्ड तीन दिनदेखि  अवरुद्ध  भएको हो ।

    उत्तर दक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को हेनाङनामा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए ।

    पहिराका कारण शनिबारदेखि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सो सडकखण्ड अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन सोमबार एउटा स्काभेटरबाट काम भइरहेको इञ्जिनीयर गौतमकुमार श्रेष्ठले बताए।

    थप पहिरो नआए अवरुद्ध सडक बुधबार पुनः सञ्चालन हुने उनको भनाइ छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ ।

    अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको नुमसम्म मात्रै चलेका छन् । सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ ।

    प्रतिकृया दिनुहोस