• राजनीति

    अविश्वासको खाडल कम र विश्वासको वातावरण निर्माण भएको छ: नेता विष्ट

      ओमकार टाइम्स

    काठमाडौं– नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदल सदस्य गोकर्ण विष्टले दुवै पक्ष विच अविश्वासको खाडल कम भएको र विश्वासको वातावरण निर्माण भएको बताए ।

    सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट फर्काएर क्रियाशिल बनाउने, माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरुको व्यवस्थापन गर्ने र प्रतिनिधि सभा विघटनको सम्बन्धमा अदालतमा परेका मुद्दाको सम्बन्धमा आफुहरुले चाहेकै भाषामा सहमती खोज्न नजिक आइपुगको बताए ।

    उनले भने – ‘जुन जुन मुद्दाहरुमा विवाद देखा परेको थियो । ति मुद्दाहरुमा समाधान खोज्ने सन्दर्भमा झन्डै झन्डै निष्कर्षमा पुगिरहेका छौँ । र एउटा छोटो अवधिमा हामीले समस्याहरुको समाधान गर्दै पार्टीलाई एकतावद्ध बनाउन सक्छौँ, सार्थक परिणाम प्राप्त गर्न सक्छौँ भन्नेकुरा कार्यदलको बैठकबाट हामीमा विश्वास आर्जन भएको छ । बैठक सकारात्मक रुपमा अगाडी बढेको छ ।

    ‘अदालतको फैसला मुताविक २०७५ जेठ २ गतेको अवस्थामा नेकपा(एमाले) फर्किइसकेपछि पार्टी र जनसंगठनका सबै तहका कमिटीहरुलाई पूर्ववत्ः अवस्थामा फर्काएर क्रियाशिल बनाउने नेकपा(एमाले) केन्द्रीय कमिटीको सन्दर्भमा, संख्यामा जे विवाद थियो त्यो सन्दर्भमा पनि समाधान खोज्ने, नेकपा(माओवादी)को तर्फबाट नेकपा(एमाले)मा एकताको सन्दर्भमै रहनुभएका साथीहरुको व्यवस्थापन गर्ने विषय र प्रतिनिधि सभा विघटन र अदालतमा परेको मुद्दाको सन्दर्भमा समाधान खोज्ने गरी हामीले जुन भाषामा सहमती खोज्नुपथ्र्यो त्यो सन्दर्भमा धेरै हिसाबले हामी नजिक आइपुगेका छौँ’– उनले थपे ।

    एक प्रकारको अविश्वासले लामो समयदेखि परस्पर एकले अर्कोको विरुद्ध आरोप प्रत्यारोपमा उत्रिने परिस्थिति निर्माण भएको भन्दै उनले भने- ‘अन्तिममा अविश्वासको त्यो खाडल कम भएको छ विश्वासको वातावरण निर्माण भएको छ । एकले अर्काको समस्याहरु बुझ्ने एउटा पक्षले अर्को पक्षको मनोविज्ञान बुझ्ने र समाधानका लागि त्यही ढंगले परस्पर सदभाव र सहयोगी भुमिकाका साथ अगाडी बढ्ने अवस्था देखा परेको छ ।

    हामी विषयवस्तुकै हिसाबले पनि धेरै बुँदाहरुमा सहमतीको नजिकमा छौँ । दिनकै हिसाबले नतोकौ तर हामीले गरेको लामो प्रयत्न, अनौपचारिक हिसाबले प्रयत्न जारी छ । यो प्रयत्नले सार्थक परिणाम प्राप्त गर्छ । आम दाजुभाई, दिदीबहिनी र कार्यकर्ताको अपेक्षा, चाहाना पुरा हुनेगरी हामीले परिणाम दिन्छौँ । सफलता प्राप्त हुन्छ । ’

    प्रतिकृया दिनुहोस