• खेलकुद

    युरोकपः डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा, उपाधिका लागि इटलीसँग भिड्ने

      ओमकार टाइम्स

    काठमाडौं – इंग्ल्यान्ड युरोकप २०२० को फाइनल प्रवेश गरेको छ ।

    बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्यान्डले जित निकालेको हो ।

    इंग्ल्याण्ड ठूलो प्रतियोगितामा ५५ वर्षपछि र युरोकपमा पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९६६ मा घरेलु मैदानमै भएको विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको थियो ।

    यस्तै युरोकपको फाइनलमा पुग्ने इंग्ल्याण्ड १३औं टिम बनेको छ भने १७ वर्षपछि युरोकपमा नयाँ टिम फाइनल पुगेको छ ।

    योसँगै युरोकप २०२० को उपाधिका लागि आइतबार राति इटली र इंग्ल्याण्ड भिड्ने भएका छन् ।

    प्रतिकृया दिनुहोस