• राजनीति

    गच्छदारका दिल्लीमा ८ दिन, आखिर केके गरे त गच्छदारले? खुल्यो रहस्य

      ओमकार


    काठमाडौं। अमेरिका जान भनि दिल्ली रुट प्रयोग गरेका नेपाली काँग्रेसका उपसभापति  एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले दिल्लीमा ८ दिन बिताएका छन् ।

     

    असार १३ गते दिल्ली पुगेका नेता गच्छदार बुधबारसम्म दिल्लीमा रहेका हुन् । त्यहाँ रहँदा उनले उच्चस्तरीय भेटघाटमा गरेको बताइएको छ । झापाको विर्तामोड हुँदै सिलिगुडी पुगेका गच्छदार त्यहाँको वागडोरको एयरपोर्टबाट दिल्ली पुगेका थिए ।

     

    दिल्ली स्रोतका अनुसार धर्मगुरु रवी शंकरमार्फत उनले दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) का विभिन्न नेताहरुसँग भेटघाटमा गरेका हुन् ।

     

    गच्छदारका प्रमुख स्वकीय सचिव यज्ञ चौधरीले नेता गच्छदार व्यक्तिगत कामका लागि दिल्ली हुँदै अमेरिका गएको बताए । दिल्लीमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि त्यता गएका गच्छदार शुक्रवार (असार २० गते) अमेरिका गएको उनले बताए । यद्यपि, दिल्लीमा कुनै राजनीतिक भेटघाट नगरेको उनले दावी गरे । अमेरिकामा गच्छदार एनआरएनको एक कार्यक्रममा सहभागी हुने बताइएको छ ।

     

    नेपालमा अमेरिका, चीन र भारतको गतिविधि तीव्र भएको छ । यस अवस्थमा पार्टीहरुले के कस्ता रणनीति बनाउने भन्ने विषयमा दलहरुको बीचमा बहस शुरु भएको छ ।

     

    त्यसै सिलसिलामा गच्छदारलाई भारत पठाइएको एकथरीको दावी छ भने अर्कोथरीले निकट भविष्यमा हुने नेपाली काँग्रेसको महाधिवेशनमा आफ्नो पोजिशन स्पष्ट पार्ने उद्देश्यका साथ दिल्ली गएको दावी गरेका छन् ।

    प्रतिकृया दिनुहोस