• देश

    चीनबाट आइपुग्यो ८ लाख कोरोना खोप

      ओमकार टाइम्स

    काठमाडौं – कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ चीनबाट आठ लाख नौ हजार ६०० डोज काठमाडौं आइपुगेको छ ।

    नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले आज विहाने खोप चीनको वेइजिङबाट काठमाडौं ल्याएको निगमका पाइलट दिपु ग्वार्चनले जानकारी दिए ।

    वाइडबडी जहाजमा १७ हजार ६०० बक्स खोप आटाएको थियो जसमा एक बक्समा ४६ डोज रहेकाले जम्मा यस पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको ग्वार्चनले बताए ।

    सरकारले सरकार–सरकार (जिटुजी) मार्फत चीनबाट खोप ल्याएको हो । यस पछि जहाजले क्रमस असार ३१ गते, साउन १ गते र साउन ७ गते पुनः खोप ल्याउन चीन जाने तालिका सार्वजनिक गरेको छ ।

    प्रतिकृया दिनुहोस