• समाचार

    जग्गा विवादका कारण चन्द्रपुरमा झडप, घर तोडफोड भएको देख्दा वृद्धको हृदयाघातबाट मृत्यु

      ओमकार टाइम्स


    रौतहट – जग्गा सम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका–८ बस्तिपुरमा दुई पक्षबीच झडप भएको छ ।

    झडपको क्रममा आफन्तको घर तोडफोड भएको देख्दा स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज कोइरालाका अनुसार झडपकको क्रममा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ ।

    झडपमा सोही ठाउँका विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरीलगायत घाइते भएको र उनीहरूको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

    बिहीवार राति झगडा भएदेखि नै त्यहाँ सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

    प्रतिकृया दिनुहोस