• समाचार

    प्रहरी हिरासतबाट थुनुवा फरार

      ओम्काए टाइम्स

    जनकपुरधाम : सिरहामा प्रहरीको हिरासतबाट एकजना थुनुवा फरार भएका छन् । गएराति इलाका प्रहरी कार्यालय लहानबाट थुनुवा फरार भएका हुन् ।

    लागु औषधसहित पक्राउ परेर हिरासतमा रहेका एकजना थुनुवा गएराति १ बजेतिर फरार भएको लहानका डीएसपी तपन कुमार दाहालले जानकारी दिए । उनका अनुसार फरार भएका अभियुक्त जेठ २० गते पक्राउ परेका थिए ।

    राति १ बजेतिर हिरासतको ग्रील तोडेर फरार भएको उनको भनाइ छ । थुनुवाको नाम भने प्रहरीले खुलाएको छैन ।

    प्रतिकृया दिनुहोस