• खेलकुद

    ब्राजिललाई हराउदै अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन

      ओमकार टाइम्स

    एजेन्सी । साविको विजेता ब्राजिल पराजित गर्दै अर्जेन्टिना ४७औं संस्करणको कोपा अमेरिका च्याम्पियन बनेको छ ।

    आइतबार बिहान ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा सम्पन्न भएको खेलमा ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

    खेलको २१औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । ब्राजिलले खेलको दोस्रो हाफमा आक्रामक परिवर्तन गर्दै सुधारिएको प्रदर्शन गरेपनि खेलमा फर्कन सकेन । गोलरक्षक एमिलिआनो मार्टिनेजले केहि सुन्दर बचाउ गर्दै अर्जेन्टिनाको अग्रता जोगाएका थिए ।

    उक्त जित सँगै अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिका उपाधि फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि जितेको हो । त्यस्तै विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीको अन्तर्राष्ट्रिय उपाधि खडेरी पनि तोडिएको छ ।

    प्रतिकृया दिनुहोस