• समाचार

    १० वर्षीया विद्यार्थीलाई बलात्कार गर्ने प्रिन्सिपल पक्राउ

      ओमकार टाइम्स

    दुई जना १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा चम्पादेवी गाउँपालिका २ पुलामी टोलस्थित चण्डेश्वरी ईङ्लीस बोर्डिङ स्कुलका प्रिन्सिपल झापा शिवसतासी नगरपालिका ८ झिलझिले घर भएका ३० वर्षीय करण राईलाई प्रहरीले पक्राउ गरेको छ ।

    ती बालिकालाई गत बिहीबार स्कुल गएको अवस्थामा कक्षा कोठाभित्र यौन दुर्व्यवहार गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।

    यस सम्बन्धमा प्रहरीले मुद्दा दर्ता गरी कारवाही प्रकृया अघि बडाएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस