• समाचार

    आफू प्रहरी रहेको भन्दै स्थानीयसँग रकम उठाउन खोजेका एक युवक पक्राउ

      ओमकार टाइम्स


    मोरङको धनपालथान गाँउपालिकाको वडा नम्बर ३ मा आफू प्रहरी रहेको भन्दै स्थानीयसँग रकम उठाउन खोजेका एक युवक पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय रंगेलीका अनुसार सशस्त्र प्रहरीको घुमुवाको पहिचान दिएर स्थानीयसँग रकम उठाउन खोज्ने २० वर्षीय मनिष राय आइतबार बेलुका नेपाल–भारत सीमाक्षेत्रबाट पक्राउ परेका हुन्।

    रंगेली नगरपालिकाका रायलाई नक्कली घुमुवा बन्दै तस्करीको लाइन चलाउन रकम उठाउन खोजेको अवस्थामा स्थानीय सीमा प्रहरी चौकी मायागञ्जको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका रायले सशस्त्र प्रहरीको घुमुवा भएको र नेपालबाट भारत र भारतबाट नेपालतिर तस्करीको लाइन चलाउन सहयोग गर्ने स्थानीयलाई बताउँदै आएका थिए।

    तस्करीको लाइन चलाएर सीमा वारिपारि सामान ल्याउन र लैजान सहयोग गर्ने भन्दै उनले केही महिला र स्थानीय बासिन्दाबाट रकम उठाउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका रायविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउन म्याद थपगरि अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीको भनार्ई छ। प्रहरीले पक्राउ परेका रायका साथबाट रकम भने फेला नपारेको र अनुसन्धान भइरहेको जनाएको छ।

    प्रतिकृया दिनुहोस