• समाचार

    झापामा एक महिलाको शव बरामद

      ओमकार टाइम्स

     

    झापा : विर्तामोड नगरपालिका–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव आज बिहान फेला परेको छ । पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलपम्प उत्तरमा आफै भाडा गरी बस्ने घरको अगाडि उनको शव फेला परेको हो ।

    अर्जुनधारा घर भएकी उनी पछिल्लो समय विर्तामोडस्थित आफन्तको घरमा भाडामा बस्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । आमा, दाजु भाउजुसहितको परिवारसँग बस्दै आएकी उनी विर्तामोडमै रहेको सिर्जनशील सहकारी संस्थामा काम गर्दै आएकी थिइन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।

    प्रतिकृया दिनुहोस