• राजनीति

    एमाले स्थायी कमिटी बस्दै, नेपाल पक्षसँग पनि परामर्श

      ओमकार टाइम्स

    काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदलले जुटाएको सहमति अनुमोदन गर्न नेकपा (एमाले) को स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै बस्ने भएको छ ।बेलुकी ५ बजे बस्ने बैठकले कार्यदलले आइतबार गरेको १० बुँदे सहमति अनुमोदन गर्ने छ । बैठकअघि अध्यक्ष केपी शर्मा ओेलीले महासचिव ईश्वर पोखरेल र माधव नेपाल पक्षसँग पनि परामर्श गरेका थिए ।

    कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले सहमति लगत्तै संवाददाताहरूलाई प्रतिक्रिया दिँदा आफूहरू बैठकमा सहभागी हुने बताएका थिए ।एमालेले भोलि केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।

    प्रतिकृया दिनुहोस