• राजनीति

    रामकुमारी झाँक्रीको टिप्पणी – १० बुँदेको स्वागत गर्न हतार नगरौँ, निराश पनि नबनौँ

      ओमकार टाइम्स

    काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले हिजो कार्यदलबीच भएको १० बुँदे सहमतिको स्वागत गर्न हातारिन नहुने बताएकी छन् ।सम्झौताबारे प्रतिक्रिया दिँदै झाँक्रीले समाजिक सञ्जालमा भनेकी छिन्,‘भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौँ । निराश पनि नबनौँ । राजनीति हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ।’

    सम्झौताबारे आफूपक्षीय केन्द्रीय कमिटी बैठक बसेर संस्थागत धारणा बनाउने उनको भनाइ छ । बैठकको कार्यविधि निर्धारण नगरी स्थायी कमिटी बैठकमा जान नहुने उनको विचार छ ।‘स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्झौता कार्यान्वयनयोग्य हुँदैन,’ झाँक्रीले भनेकी छिन्, ‘बैठकमा जाने कुरा हुन्न ।’

    त्यस्तै अदालतमा दिएको हस्ताक्षर पनि फिर्ता नहुने भनाइ झाँक्रीको छ । उनले भनेकी छिन्, ‘अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता लिइने छैन । लिने कुरै आउँदैन ।’

    प्रतिकृया दिनुहोस