• फिचर

    नेकपामा ‘प्रचण्ड’ अधिकारविहीन सेरेमोनियल अध्यक्ष जस्तो | OmkarTimes.com

      ओमकार


    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अधिकारविहीन सेरेमोनियल अध्यक्ष जस्तो बन्न पुगेका छन् ।

     

    पार्टी र सरकारमा अध्यक्ष एवं प्रधानमन्त्री खडगप्रसाद शर्मा ओलीको एकाधिकार र बोलवाला कायम रहेपछि पार्टी एकताको क्रममा भएका सहमतिलाई पनि अध्यक्ष दाहालले कार्यान्वयन गर्न नसक्दा रित्तो हात फर्केको सिकारी जस्तो बन्न पुगेका छन् ।

     

    अध्यक्षद्वयले बाहिर कार्यदिशाको विवाद टुङ्गिएको बताए पनि पार्टीभित्र कार्यदिशाको विवाद भुसको आगो जसरी फैलिँदै गएको छ ।

     

    दुई अध्यक्षबीचको जुंँगाको लडाइँले आगामी २०७७ जेठ ३ भित्र हुने पार्टीको महाधिवेशन हुनेमा शंका उत्पन्न भएको छ । सत्तासंघर्ष पेचिलो बन्दै जाँदा पछिल्लो समय अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच निकटता बढेको नेकपा स्रोतले बताएको छ ।

     

    अध्यक्ष ओलीलाई गलाउँदै पार्टीका वरिष्ठता नेपाल सहित, झलनाथ खनाल र वामदेव गौतमलाई आफ्नो कित्तामा ल्याउन दाहाल सफल भएको बताइन्छ ।

     

    जबज नै पार्टीको मार्गदशक सिद्धान्त भएको बताउँदै आएका ओली इश्वर पोख्रेल र महासचिव विष्णु पौडेल सहितका पूर्व एमाले सहितका नेताले दबाब दिएपनि नेपाल, खनाल, र गौतम सहितका नेताले दाहाललाई साथ दिएपछि अध्यक्ष ओली जनताको जनवाद स्वीकार्न बाध्य भएको जानकारहरुले बताएका छन् ।

     

    नेकपामा अधिकारविहीन बन्दै आएका दाहालले सरकार पार्टीको काम प्रभावकारी रुपले अघि नबढ्दा पनि चित्त बुझाउन बाध्य भएका छन् । यसरी हेर्दा ओलीले सहमति अनुसार दाहाललाई सत्ता हस्तान्तरण गर्नेमा विभिन्न अड्कलबाजीहरु शुरु भएका छन् ।

     

    अध्यक्षद्वयको एक अर्काप्रतिको जुहारी घोचपेच र छोडहान्ने प्रवृत्तिप्रति पनि विभिन्न टीकाटिप्पणीहरु हुने गरेको छ । सहमति कार्यान्वयन नभए नेकपाभित्र विष्फोट हुने राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

     

    टाउको मिले पनि मन अभैm नमिलेको देखिन्छ । अध्यक्षद्वयको सत्तासंघर्षले पार्टी र कार्यकर्तालाई समस्या बनाएको समाचारमा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस