• देश

    जापानले नेपाललाई १६ लाख खोप दिने

      ओमकार टाइम्स

    काठमाडौं । जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप अनुदान स्वरूप दिने भएको छ । कोरोना भाइरसविरुद्ध जापानमा नै उत्पादन गरिएको एस्ट्राजेनेकाले विकास गरेको खोप जापान सरकारले नेपाललाई दिने भएको हो ।

    जापानका विदेश मामिलाका मन्त्री मोटेगी तोशिमिट्सुले मङ्गलवार कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेका हुन् ।

    यस्तै नेपालस्थित जापानी दूतावासले पनि आउँदो जुलाईको मध्य र अगस्तको अन्तिमतिर नेपाललाई खोप उपलब्ध गराउने जानकारी दिएको छ ।

    खरिद व्यवस्था सकिएपछि खोप कहिले नेपालमा अवतरण गर्ने भन्ने मिति टुङ्गो लाग्ने दूतावासले जनाएको छ । कोरोना भाइरसको महामारीका बेला जापानले विभिन्न माध्यमबाट नेपाललाई सहयोग गर्दै आएको छ ।

    यसबीच जापानले १६ लाख डोज खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने भएको हो ।

    प्रतिकृया दिनुहोस