• खेलकुद

    पाकिस्तान हार्यो, तर बाबरले रचे इतिहास

      ओमकार टाइम्स


    इङ्ग्ल्यान्डले पाकिस्तानविरूद्धको एकदिवसीय शृंखलामा क्लिन स्विप गर्दै ३–० को जित निकाल्यो । यसका लागि मंगलबार उसले पाकिस्तानविरुद्ध तीन विकेटको जीत निकाल्यो ।  तर हारका बाबजुद पाकिस्तानी कप्तान बाबर आजमले यस खेलमा इतिहास रचे । उनी ३८ वर्षपछि इंलिस भूमीमा इङल्यान्डविरुद्ध शतक प्रहार गर्ने पहिलो पाकिस्तानी बने । उनले यस खेलमा १ सय ३९ बलमा  १ सय ५८ रन बनाएका थिए , यो उनको करियरकै उच्च हो ।शानदार शतकिय पारी खेल्ने क्रममा उनले १४ चौका र ४ छक्का प्रहार गरेका थिए । तर पाकिस्तानले दिएको ३ सय ३२ रनको चुनौती इङल्यान्डले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।

    हा ADVERTISEMENT  एकदिवसीय क्रिकेटमा बाबरले ८१ इनिङ्ग्समा १४ वटा शतक प्रहार गरिसकेका छन् । जबकी लानिङले १४ शतक प्रहार गर्न ८२ इनिङ्ग्स खेल्नुपरेको थियो । त्यसैगरी हासिम अम्लाले ८४ इनिङ्ग्स, डेभिड वार्नरले ९८ इनिङ्ग्स र विराट कोहलीले १ सय ३ इनिङ्ग्समा यो उपलब्धि हासिल गरेका थिए । त्यहीकारण पाकिस्तानी समर्थकहरु हारमा पनि खुसी छन् । उनीहरुले बाबरलाई बधाई दिइरहेका छन् ।

    प्रतिकृया दिनुहोस