• खेलकुद

    राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका रुपमा नियुक्त भएका रमेश सिलवालले लिए शपथ | OmkarTimes.com

      ओमकार


    काठमाडौ । राष्ट्रिय खेलकुद परिषद्को १८औं सदस्य सचिवका रुपमा नियुक्त भएका रमेश सिलवालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

     

    युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माबाट सिलवालले शपथ लिएका हुन् । मन्त्री विश्वकर्माले सिलवाललाई नेपाल भलिबल संघको प्रतिनिधिका रुपमा बोर्ड सदस्यका रुपमा मनोनीत गरेपछि शपथ गराए ।

     

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई नियुक्त गरेको हो ।

     

    प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा चिनिएका उनी गोल्डेनगेट कलेजका सञ्चालक तथा निजी विद्यालयको छाता संगठन हिसानका अध्यक्ष पनि हुन् ।

     

    प्रधानमन्त्री केपी शर्मा ओली युवा संघको अध्यक्ष हुँदा सिलवालले सचिव भएर काम गरेका थिए । मदन भण्डारीको नाममा हुने खेलकुद गतिविधि सिलवालले नै गरेका थिए ।

     

    नेपाल क्रिकेट संघ क्यान आईसीसीको निलम्बनमा पर्दा सरकारले सिलवालकै नेतृत्वमा क्यानको तदर्थ कमिटी बनाएको थियो ।

    प्रतिकृया दिनुहोस