• अर्थ

    २०० रुपैयाँले बढ्यो सुनको मूल्य

      ओमकार टाइम्स

    सोमबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ ।

    गत आइतबार बजारमा प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा २०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको हो ।

    आज तेजाबी सुनको मूल्य समेत गत आइतबारको तुलनामा २०० रुपैयाँले नै बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तर, यता चाँदीको मूल्य भने केही दिनको लगातार गिरावटसँगै थप सोमबार प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस