• विदेश

    भारतको उत्तरप्रदेशमा सडक दुर्घटना : सातको मृत्यु, १० घाइते

      ओमकार टाइम्स

    लखनउ : भारतको उत्तर प्रदेशमा सोमबार बिहानै भएको सडक दुर्घटनामा परी सात जनाको ज्यान गएको छ ।

    उत्तर प्रदेशको प्रहरीले सोमबार बिहानै भएको सो दुर्घटनका कारण सात जनाको ज्यान गएको र अरु १० जना घाइते भएका बताएको छ ।

    भारतीय उत्तर प्रदेश राज्यको साम्बाल क्षेत्रमा सो दुर्घटना भएको थियो । विपरीत दिशाबाट आइरहेका बस एक आपसमा जुध्दा सो दुर्घटना हुन पुगेको थियो ।

    आपसमा ठोकिएकामध्येको एक बस विवाह समारोहमा पुगेर फर्किएको थियो । सोही बसमा रहेका ७ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस