• विदेश

    अमेरिकाको राजधानी वासिङ्टन डिसी क्षेत्रमा बाढी | OmkarTimes.com

      ओमकार



    एजेन्सी । अमेरिकाको राजधानी वासिङ्टन डिसी क्षेत्रमा बाढी आएपछि आवतजावतमा समस्या भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

     

    ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका थिए भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको थियो। केही चालकलाई क्यापिटल बेल्टवेमा उद्धार गरिएकाे थियो ।

     

    अन्डरपास मार्गमा दुई मिटरसम्म पानीको स्तर पुगेको थियो। बाढीबाट अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउससमेत प्रभावित भयो। वेस्ट विंगको भूमिगत बेसमेन्ट तहमा बाढी पसेको थियो ।

     

    बाढीका कारण नेसनल आर्काइभ्स भवनमा बिजुली आपूर्ति अवरुद्ध भयो । तर, कर्मचारीका अनुसार त्यहाँ राखिएका ऐतिहासिक अभिलेख तथा दस्तावेज सुरक्षित छन् ।

     

    त्यहाँ स्वतन्त्रताको घोषणापत्र, संविधान एवं बिल अफ राइट्स जस्ता महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज राखिएका छन् ।

     

    मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ । प्रहरीले मानिसलाई बाढी पसेका सडकमा नआउन सजग गराएको छ ।

    प्रतिकृया दिनुहोस