• मनोरञ्जन

    अश्लिल फिल्म बनाएको आरोपमा भारतीय अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ

      ओमकार टाइम्स

    नयाँ दिल्ली – भारतीय अभिनेत्री शिल्पा शेट्टीका श्रीमान, व्यापारी राज कुंद्रालाई मुम्बई पुलिसले पक्राउ गरेको छ। अश्लील फिल्मको केसमा उनलाई पक्राउ गरीएको हो।

    मुम्बई प्रहरी प्रमुखका अनुसार अश्लिल फिल्मको केसमा कुन्द्रा मुख्य योजनाकार हुन्। उनले कुन्द्राको विरुद्द यथेष्ठ प्रमाण फेला परिसकेको दावी गर्दै थप अनुसन्धान भइरहेको बताए।

    अश्लील फिल्म बनाउन र केही एप्समार्फत प्रकाशन गर्ने सम्बन्धमा यो मुद्दा फेब्रुअरीमा मुम्बई अपराध शाखामा दर्ता गरिएको थियो।

    प्रतिकृया दिनुहोस