• खेलकुद

    सन्दीप लामिछानेले द हन्ड्रेडमा खेल्न नपाउने

      ओमकार टाइम्स


    नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिताको सुरुवाती खेल गुमाउने भएका छन्।भिसाको कारण ओभल इन्भिन्सिबलमा आबद्द सन्दीपले द हन्ड्रेडको सुरुवाती खेल गुमाउने क्रिकइन्फोले जनाएको छ। क्रिकइन्फोले भिसा समस्याको कारण उनले प्रतियोगिता नै गुमाउने सम्भावना रहेको समेत जनाएको छ।सन्दीपले टिएर ५ भिसा पाए पनि प्रतियोगिता खेलको लागि अनुमति नपाएको बताइएको छ। इन्भिन्सिबलका कप्तान साम विलिङ्सले सन्दीप खेल्ने नखेल्ने अनिश्चित रहेको बताएका छन्। तर, सन्दीप इन्भिन्सिबलले भने यस विषयमा केही बताएको छैन।

    क्रिकइन्फोको अनुसार सन्दीपले प्रतियोगिता खेल्न नपाएमा उनको स्थानमा दक्षिण अफ्रिकी बलर ताब्रेज शाम्सीलाई अनुबन्ध गर्ने तयारी गरेको छ। सन्दीप पहिलो संस्करणको प्रतियोगिताका लागि इंग्ल्यान्ड पुगिसकेका छन्। उनको क्वारेन्टिन अवधि आज सकिँदैछ।१०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका छ। पहिलो खेलमा सन्दीप आबद्द इन्भिन्सिबल र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुँदैछ।

    प्रतिकृया दिनुहोस