• समाचार

    ‘भेराेसेल’ खोप लिन निगमको जहाज आज चीन जाँदै

      ओमकार टाइम्स

    काठमाडौं । कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको जहाज आज चीन जाँदैछ । एयरलाइन्सका महाप्रबन्धक डिम प्रसाद पौडेलले आज राति ११ बजे खोप लिन निगमको जहाज चीन जाने जानकारी दिए । उनका अनुसार खोप लिएर भोलि बिहान जहाज काठमाडौं आइपुग्ने छ ।

    नेपालले खरिद गरेको खोप लिनका लागि निगमको जहाज चीन जान लागेको हो । ४० लाख खरिद गरिएकोमा यसअघि ८ लाख डोज खोप ल्याइएको थियो । कति मूल्यमा खोप खरिद गरिएको हो भन्ने गोप्य राखिएको छ । बाँकी खोप क्रमश: ल्याउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस