• समाचार

    स्नातक प्रथम बर्षको परीक्षा तोकिएकै मितिमा हुने

      ओमकार टाइम्स


    त्रिभुवन बिश्वविधालयको साउन १० गते देखि सुरु हुने भनिएको स्नातक प्रथम बर्षको परीक्षा तोकिएकै मितिमा हुने भएको छ ।

    विगत २ बर्ष देखि बिश्वभर फैलिएको कोरोना महामारीका कारण त्रिभुवन बिश्वबिधालयका विभिन्न संकाय र तहका परीक्षा प्रभावित भएका थिए । बिशेष गरी बार्षिक प्रणाली अन्तर्गत धेरै बिधार्थी अध्ययनरत स्नातक तहको परीक्षा तोकिएको समयमा संचालन हुनेमा संका पैदा भएको थियो।

    बुधबार सुचना जारी गर्दै निषेधाज्ञाका कारण रोकिएका स्नातक दोस्रो बर्षको परीक्षा गत साउन ५ गते देखि तोकिएको मापदण्ड अनुसार संचालन भईरहेका छन् भने स्नातक प्रथम बर्षको परीक्षा पनि परीक्षा केन्द्र थप गरी साउन १० गते देखि नै संचालन गर्ने गरी तयारी थालेको परीक्षा नियन्त्रण कार्यालयले  जनाएको छ।No description available.

    प्रतिकृया दिनुहोस