• राजनीति

    माधव पक्षका २२ सांसदले आज स्पष्टीकरण दिने

      ओम्कर टाइम्स

    नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित शेरबहादुर देउवालाई मत दिने २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । स्पष्टीकरणको जवाफ आजै पठाइने नेपाल समूहका एक नेताले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेपालसहित एमालेका २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए ।

    उनीहरूलाई पार्टीले स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी गठबन्धनसँग साठगाँठ गरेको आरोप लगाइए पनि फ्लोर क्रसबारे केही बोलिएको छैन । सोही स्पष्टीकरणको जवाफ आज दिने नेपाल समूहको तयारी छ

    प्रतिकृया दिनुहोस