• राजनीति

    भीम रावलले लिए सांसद पदबाट दिएको राजीनामा फिर्ता

      ओमकार टाइम्स


    काठमाडौं – प्रतिनिधि सभा सदस्य डा.भीम रावलले  प्रतिनिधि सभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

    रावलले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । उनले पार्टी र जनताको आग्रहलाई शिरोपर गर्दै राजीनामा फिर्ता लिएको बताए ।

    नेकपा (एमाले) उपाध्यक्ष समेत रहेका अछाम जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रावलले  अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै आइतबार राजीनामा दिएका थिए ।

    उनलाई राजीनामा फिर्ता लिन पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव कुमार नेपाललगायत सुदूरपश्चिम प्रदेशका मन्त्री तथा सांसदले आग्रह गरेका थिए ।

    रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा नेपाल पक्षबाट संयोजक थिए । उक्त कार्यदलले एमाले एकताका लागि १० बुँदे सहमति गरेको थियो ।

    राजीनामा फिर्तापछि रावलले पार्टी एकताका लागि लाग्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस