• विचार

    डा.भट्टराई र हिन्दु सफायाबाद !

      तिलक तिम्सिना

    आस्था निजित्व हो । आफ्नो आस्था सर्बस्विकार्य हुने पर्छ भन्नू बैचारिक अधिनायकत्व हो । कुनैआस्थामा गरिने कुनैकार्य भिन्न आस्थवानलाइ स्विकार्य हुनै पर्छ भन्ने छैन । हरेक मान्छे आप्नो आस्था अनुसारको कृत्य गर्न स्वतन्त्र छ। जब सम्म आस्थाका आधारमा गरिने कार्यले कसैलाइ असर पार्दैन तब सम्म त्यस्ता कार्य प्रती कसैले टाउकै दुखाउनुको कुनै अर्थ पनि हुन्न । असहमत भयेकै आधरमा अरुको आस्था माथी कटाक्ष गर्नु बिद्वात्व कदापी होइन ।

    बैज्ञानिक मानवताबादका हिमायति डा. बाबुराम भट्टराइले हिन्दुबादी भारतिय नेता आदित्यनाथले गङ्गामा दूध चडाएको सन्दर्भलाई लिएर गरेको प्रतिकृया योगि आदित्यनाथको बौदिकताको उपहास नभयेर सम्पुर्ण हिन्दु सस्कार र सस्कृती माथिको उपहास हो । बिश्वका हिन्दुवालम्बिहरुले नदिमा दूध चदाउछ्न , शिवलिङमा दूध चडाउछ्न त्यो उनिहरुको सदियौको सस्कार हो , गउँतलाई पबित्र मान्छ्न र सेवन गर्छन ।यो हिन्दु बिस्वास हो । यो हिन्दु सस्कारले डा. भट्टराईको बैज्ञानिक मानवताबादको मार्ग मा कहाँ अबरोध गर्यो र यत्रो बिष बमन गर्दै बाबुराम हिन्दु आस्थालाइ अति अन्धबिश्वासी र बिबेकहिनताको रुपमा किन स्थापित गराउन खज्दै छ्न ? किन डा. भट्टराई हिन्दुहरु पट्मुर्ख हुन जो जे गर्नु पर्ने हो त्यो गर्दैन्न ,जे नगर्नु पर्ने हो त्यो गर्छ्न, जे खानु पर्ने खाद्य हो त्यो खादैनन् र जे अखाद्य हो त्यो सेवन गर्छ्न भन्ने तर्क स्थापित गराउन खोज्दै छन ?

    धर्म निरेपेक्षताको वकालत गर्ने डा. भट्टराइको यो कटाक्षले धर्मनिरपेक्षेता नभैइ हिन्दु धर्म सफायाको गन्ध दिन्छ । उनको अभिब्यक्तिमा उनका केहि उदेश्य रहेको देखिन्छ । पहिलो उनी यो स्टाट्स मार्फत एकातिर हिन्दुलाइ असभ्य जातिको रुपमा चित्रित गर्ने प्रयास गर्दैछ्न भने अर्को तर्फ आदित्य नाथ जतिकालाइ त चुनौती दिए नेपालका हिन्दु अभियान्ता केही हैन भन्ने हाक दिन चाहन्छन् र देश भित्र देखिने प्रतिकृया अनुरुप उनी रोड्म्याप तयगर्न चाहन्छन्।

    हुन त कुनै समय माक्सबाद को माहिर ब्याख्याता , अध्ययताको रुपमा स्थापित डा. भट्टराई बैज्ञानिक मानबताबादको खिचडिमा डुबि सकेका छन् । उनको यो बिचार बैचारिक नपुंसकता हो । जब बिचारमा नपुंसकता हाबी हुन्छ , बैचारिक दिवालियापन केही समय देखिन्छ र अन्त्तत उ अस्वीकार्य बिचारमै समाहित हुन्छ । यो सत्य भट्टराई मा स्थापित भैसकेको छ र अन्त्यमा उनी गङ्गा मा दूध बगाउने जलचरको हितमा र मुत्र सेवन एन्त्टिबाइटी भयेको बैज्ञानिक प्रमाण पेश पछि नपर्न सक्छ्न । अथवा हिन्दु प्रती मेरो सद्भाव छ , हिन्दुको उत्पादन बाबुरामले हिन्दुको बिरोध गर्लार ? आदि इत्यादी तर्क गरेर चोखिन खोज्ने छन ।

    अन्तमा यो नेपालमा हिन्दु सस्कृतिमाथिको प्रहारको पुर्ब तयारी हो । यसको पराकम्पन को आन्कलन गरि हाम्रा आस्था माथी धावा बोलिदै छ र त्यस्को एक उन्नत नश्लिय पात्रको रुपमा डा. भट्टराई लाई उपयोग गरिदैछ र हिन्दु सफायबादको बिकाश गरिदै छ ।

    प्रतिकृया दिनुहोस