• फिचर

    विषादीयुक्त तरकारी र फलफूल बोकेका भारतीय ट्रक परीक्षण बिना नै धमाधम नेपाल भित्रिन थाले

      ओमकार


    काठमाडौं । विषादीयुक्त तरकारी र फलफूल बोकेका भारतीय ट्रक परीक्षण बिना नै धमाधम नेपाल भित्रिन थालेका छन् ।

     

    प्रदेश १ का तीन नाका झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भण्टावारीबाट सयौँको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिन थालेका हुन् ।

     

    काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० वटा यस्ता ट्रक नेपाल भित्रिएका छन् । विराटनगर र भन्टावारी नाकाबाट पनि उत्तिकै संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

     

    सरकारले परीक्षण नगर्नु भन्ने पत्र पठाएकाले भारतीय तरकारी र फलफूल बोकेका ट्रक बिना परीक्षण नेपाल भित्रिन थालेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए ।

    प्रतिकृया दिनुहोस