• विदेश

    ब्राजिलमा एकैदिन थपिए १ लाख बढी सङ्क्रमित

      ओमकार टाइम्स


    काठमाडौं – दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा एकैदिन एक लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् ।

    गत २४ घण्टामा एक लाख आठ हजार ७३२ सङ्क्रमित थपिएको ब्राजिली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    थपिएका सङ्क्रमितसँगै ब्राजिलमा कोरोनाका कुल सङ्क्रमित एक करोड ९६ लाख ३२ हजार ४४३ पुगेको छ ।

    मन्त्रालयका अनुसार गएको २४ घण्टामा एक हजार ३२४ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट ब्राजिलमा पाँच लाख ४८ हजार ३४० जनाले ज्यान गुमाएका छन् ।

    एक दिन अघि मात्रै ब्राजिलमा ४९ हजार ७५७ जना सङ्क्रमित थपिएको थियो ।

    प्रतिकृया दिनुहोस