• विदेश

    भारतको हिमाचलमा भीषण पहिरो जाँदा ९ पर्यटकको मृत्यु

      ओमकार टाइम्स


    एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा पहिरोले पुरिएर ९ पर्यटकको मृत्यु भएको छ । ठूलो चट्टानसहित झरेको पहरोले पुरिएर आइतबार ९ पर्यटकको मृत्यु भएको  छ ।

    यस घटनामा ३ जना गम्भीर रूपमा घाइते रहेका छन् । घटनामा ज्यान गुमाउने ४ जना राजस्थान, २ जना छत्तीसगढ र एक–एक जना महाराष्ट्र र पश्चिम दिल्लीका रहेका छन् । एक मृतकको राज्य वा सहरको ठेगाना खुलेको छैन ।

    पर्यटक सवार एचआर ५५ एजी ९००३ नम्बरको गाडी छितकुलबाट सांगलातर्फ गइरहेका थिए । बटसेरीको गुंसा छेउ रहेको पुलमा ढुङ्गा खसेपछि टुट्न पुग्यो । यसको चपेटामा पर्यटकीय बस पनि पर्‍यो।

    प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूको परिवारलाई राहत स्वरूप २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । हिमाचलको किन्नौरमा ढुङ्गा खस्ने क्रममा शनिबारदेखि नै जारी रहेको छ ।

    प्रतिकृया दिनुहोस